समाचार

कोरोनालाई जितेर घर फर्किए सेनाका जर्नेल र डाक्टर पनि

काठमाडौं । सेनाका जर्नेल र डाक्टर कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोसनमा रहनुभएका नेपाली सेनाका जर्नेल र सेनाकै डाक्टर शुक्रबार डिस्चार्ज भएको सशस्त्र प्रहरी अस्पताल स्रोतले जानकारी दिइको छ। कोरोना संक्रमित चिकित्सक प्रदेश २ को मध्यपूर्वी पृतनामा कार्यरत हुनुहुन्छ। सेनाका जर्नेललाई कोरोना संक्रमण भएको सूचना भने गोप्य राखिएको थियो । त्यस्तै दाङको बेलझुण्डीमा रहेको कोरोना बिषेश अस्पतालबाट शुक्रबार ८ जना कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन ।

दुईपटक सम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आज विदाई गरेर घर पठाईएको कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डा सर्वेश शर्माले जानकारी दिए ।उनिहरुलाई एक औपचारिक कार्यक्रम गरी खादा लगाएर विदाई गरिएको शर्माले बताए ।

निको भएर घरजानेमा कपिलवस्तुका ४ जना, बाँके नरैनापुरका ३ जना र दाङको गढवाका एक जना सहित ८ जना रहेका छन ।कोरोना जितेकाहरुलाई लिन संवन्धित स्थानिय पालिकाहरुले एम्वुलेन्स पठाएका थिए । अस्पतालमा ४५ जना कोरोना संक्रमित रहेकोमा ८ डिस्चार्ज भए संगै अहिले ३७ जना कोरोना संक्रमित रहेका छन् ।

Related Articles

Back to top button
Close