समाचार

कोरोना जि’तेर १८ दिनपछि घर फर्किए जनकपुरका पत्रकार वीरेन्द्र

जनकपुरधाम ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित जनकपुरका पत्रकार वीरेन्द्र रमण उपचारपछि कोरोनालाई जि’तेर अस्पतालबाट डि’स्चार्ज भएका छन् ।पत्रकार रमण कोरोना संक्रमण भएको १८ दिनपछि बिहीबार निको भएर डि’स्चार्ज भएका हुन् ।

जनकपुरको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनबाट डि’स्चार्ज हुने पत्रकार रमण पहिलो व्यक्ति हुन् ।गत वैशाख ३० गते राति उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि वैशाख ३१ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।

पत्रकार रमणको तेस्रो कोरोना रिपोर्ट निगेटिभ आएपछि उनलाई बिहिबार चिकित्सकहरुको रो’हबरमा डि’स्चार्ज गरिएको चिकित्सक रविरञ्जन प्रसादले जानकारी दिए ।चिकित्सक रविरञ्जनलेपत्रकार रमणमा अब कोरोनाको कुनै किसिमको संक्रमण नरहेको बताए ।

कोरोना संक्रमण नि’को भएपछि पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण, धनुषा शाखाका अध्यक्ष अनिल मिश्र र पत्रकार अजय अनुरागीले उनलाई स्वागत स्वरूप फु’लमाला लिएर अस्पताल पुगेका थिए ।पत्रकारहरुले आफ्नो स्वे’च्छाले कोरोना परीक्षण गराउँदा पत्रकार रमण र पुस्तक व्यवसायीमा को’रोना संक्रमण पुष्टि भएको थियो ।

Related Articles

Back to top button
Close