समाचार

भारतबाट फर्किँदा अर्घाखाँचीका एक युवककाे सीमामै ज्यान गयो, अन्त्येष्टिको चार दिनपछि पुष्टि भयो कोरोना

१५ जेठ, अर्घाखाँची । भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भूमिकास्थान नगरपालिका वडा नम्बर-९ चरेपानीका एक युवकको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी विजय पौडेलले पुष्टि गरे ।

प्रजिअ पौडेलका अनुसार उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनी कोरोना संक्रमित पुष्टि भएको अर्घाखाँची अस्पतालका सूचना अधिकारी विजय विकले बताए ।

घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए। उनीसँगै आएका मानिसहरूको तथ्या‌ंक संकलन सुरु भइसकेको प्रजिअ पौडेलले बताए।

सामाजिक सुरक्षा भत्ताको निरन्तरता, बजेट एक अर्बले बढ्यो-१५ जेठ, काठमाडौं । सरकारले सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने भएको छ । यसका लागि सरकारले ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले ६८ अर्ब २३ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि भने करिब अर्ब रुपैयाँले बजेट विनियोजन भएको हो ।६० वर्ष मुनिका एकल महिलाको सामाजिक सुरक्षा भत्ता काटिने चर्चाका बीच सरकारले आगामी आर्थिक वर्ष सबै प्रकारका सामाजिक सुरक्षा कार्यक्रम यथावत राख्ने भएको हो ।

Related Articles

Back to top button
Close