समाचार

सी’मारक्षाका लागि छाङरुबाट तिङ्कर उक्लिए सुरक्षाकर्मी

दार्चुला, १५ जेठ । गत जेठ १ गते व्यासको छाङरुमा पुगेको नेपाल प्रहरी बुधबार व्यासको तिङ्करस्थित छियालेक चौकीमा उ’क्लिएको छ ।छाङरु पुगेको दुई सातापछि नेपाल प्रहरी छियालेक चौकी स’रेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । छियालेक झण्डै पाँच हजार मिटर उचाइमा छ ।नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीसँगै गत वैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म सु’रक्षाकर्मी र खाद्यान्नलगायत ब’न्दोबस्ती ओ’सारेको थियो । पहिलो पटक सशस्त्रको बि’ओपी छाङरुको गागामा राखिएको छ भने सीतापुलमा नेपाल प्रहरी छ ।

यस्तै ति’ङ्करको छियालेकमा बुधबारदेखि प्रहरीले चौ’की स्थापना गरी काम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । विगत सात महिनादेखि अ’वरुद्ध रहेको दार्चुलाको त्रि’देशीय सीमा क्षेत्र नजिकै रहेको व्यास गाउँपालिकाको छाङरुमा रहेको नेपाल टेलिमकमको स्काइ टावर सञ्चालन गर्न व्यास गाउँपालिकाले मा’ग गरेको छ । गत मंसिरदेखि सञ्चारविहीन रहेको व्यासमा तत्काल टेलिफोन सञ्चालन गर्न गाउँपालिकाले मन्त्रालयसँग मा’ग गरेको हो ।

व्यास गाउँपालिकाले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई अ’वरुद्ध रहेको टेलिफोन सेवा सञ्चालन गर्न आ’ग्रह गर्दै पत्रचार गरेको छ । गाउँपालिकाले व्यासमा स्थानीय र सु’रक्षाकर्मीको उपस्थिति भ’इसकेको अवस्थामा टेलिफोन सेवा स’ञ्चालन गर्न मा’ग गर्दै मन्त्रालयलाई पत्राचार गरिएको व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले जानकारी दिए ।गाउँपालिकाले तत्काल हेलिकोप्टरमार्फत टावर सञ्चालन गर्न ज’नशक्ति र सामग्री उपलब्ध गराउन मन्त्रालयलाई आ’ग्रह गरेको हो । हाम्रा जनतासमेत व्यास पुगेका छन् ।‘सदरमुकाम खलङ्गाबाट हिंडेदेखि सञ्चार हुनसकेको छैन’,

व्यास गाउँपालिकाका स्थानीयवासी यशोदा ति’ङ्करीले भनिन्, ‘हामीलाई त्यो क्षेत्रमा खाद्यान्नको अवस्था के छ, मानिस कसरी पुगे भनेर जानकारी लिन सकिने माध्यम सञ्चार हो ।’गत वर्ष हेलिकोप्टरमार्फत टेलिकमका कर्मचारी ल्याएर टावर निर्माण गरेको भए पनि यस वर्ष सञ्चालनका लागि कुनै पहल नभएको गाउँपालिका अध्यक्ष बुढाथोकी बताउँछन् । सी’मारक्षाका लागि अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरी व्यास पुगेका छन् ।स्थानीय पनि गाउँ पुग्ने क्रममा छन् तर यो क्षेत्रमा अहिलेसम्म फोन सेवा सञ्चालन भएको छैन ।सु’रक्षाकमीलाई नै टेलिफोन सञ्चार गर्न स’मस्या भएको भन्दै तत्काल सरकारले व्यासमा टावर सञ्चालन गर्नुपर्ने बताएका छन् ।

गाउँपालिकाको छाङरु स’र्जिकोटमा नेपाल टेलिकमको स्काइ टावर स्थापना गरिएको भए पनि अ’त्यधिक हि’मपातका कारण सञ्चारसेवा गत मंसिरदेखि अ’वरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।हि’मपातका कारण सोलार प्यानल र अन्य उपकरणमा क्ष’ति पुगेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए । बा’टोघाटो नै नभएको अवस्थामा तत्काल नै सेवा सञ्चालन गर्ने अवस्था नभएको उनले बताए ।

Related Articles

Back to top button
Close