समाचार

किष्ट अस्पतालमा कोरोना सक्रमित व्यक्तिको मृ’त्यु, डाक्टर नर्स सहित ३१ जना क्वारेन्टिनमा

काठमाडौँ । बुधबार मृ’त्यु भएका एक जना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि किष्ट मेडिकल कलेज टिचिङ हस्पिटलले उनको सम्पर्कमा पुगेका चिकित्सक, नर्स, प्या’रामेडिक्स र अन्य गरी ३१ जनालाई क्वारेन्टिनमा राखेको छ ।अस्पतालले ११ देखि १४ जेठसम्म उपचार गरिएका ती व्यक्तिको प्रा’इमरी कन्ट्याक्टमा रहेका अस्पतालका चिकित्सक, नर्स तथा अन्य गरी ३१ जनालाई क्वारेन्टिनमा राखेको हो ।अस्पतालले मृ’त्यु भएको विरामीको उपचारमा प्रयोग भएको आ’कस्मिक कक्षको एउटा भाग र मेडिकल आइसीयु(एमआईसीयू) सी’ल गरि डि’सइन्फेक्सन गर्ने तयारी गरेको छ ।

कलेजो रो’गको समस्यामा परेका ललितपुर महानगरपालिका – २२ का ५६ बर्षिय पुरुषलाई गत ११ जेठ रातीको १० बजे परिवारले किष्ट हस्पिटल पुर्‍याएका थिए । तर बुधबार अपरान्ह ५ बजे तिर उनको ज्यान गएको थियो ।‘११ गते राती १० बजे ल्याउनु भएको हो । १२ बजे विहानै हामीले स्बाव पठाएका थियौँ । तर त्यसको रिपोर्ट हिजो बेलुका सात बजे तिर मात्रै आइपुग्यो । अपरान्ह ५ बजेतिर ज्यान गएपनि हामीले रिपोर्ट पर्खियौँ । रिपोर्ट पोजेटिभ आएपछि हामीले गा’इडलाइन अनुसार श’बलाई प्लास्टिक र्‍या’पिङ गरी सु’रक्षित ढंगले श’वगृहमा राखेका छौँ,’ अस्पतालका चीफ अ’परेटिङ अ’फिसर असिम पाठकले भने ।

उनले वि’रामी अस्पताल आए देखि उनको उपचार तथा सेवामा खटिएका सिनियर कन्सलटेन्ट डाक्टर, मेडिकल अफिसर, इ’न्टर्न, नर्स, हा’उसकिपिङ लगायतको सबैको कन्ट्याक्ट ट्रेसिङ गरी मा’पदण्ड अनुसार अस्पतालकै क्वारेन्टिनमा राखेको बताए ।उनले लगनखेलस्थित रा’जदल ग’ण, जिल्ला प्रहरी, स्वास्थ्य कार्यालय ललितपुर, इ’पिडिमियोलोजी तथा रो’ग नियन्त्रण महाशाखा र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुसंग छलफल चल्दै गरेको र ड’व्लुएचओको मा’पदण्ड अनुसार श’ब व्यवस्थापन तथा दा’हासंस्कारका लागि पठाउने बताए ।

‘हामीकहाँ इन्टरनल को’भिड क’मिटी छ । उसले यो सबै कार्यको स’मन्वय गरेको छ । सरकारले बनाएको प्रो’टोकल अनुसार हामीले चल्ने हो र चलेका छौँ,’ पाठकले भने ।किष्ट अस्पतालमा भएको यो मृ’त्युसंगै नेपालमा कोरोना संक्रमणमा परी मृ’त्युहुनेको संख्या ५ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बाराका गरी ४ जनाको मृ’त्यु भएको थियो । यी मध्ये गुल्मीका एक जना व्यक्तिको रिपोर्ट मात्रै मृ’त्यु नहुँदै आएको थियो । अरुको भने मृ’त्यु भइसकेपछि कोरोना भएको पुष्टी भएको हो ।

Related Articles

Back to top button
Close