मनोरंजन

राजेश हमालले बोल्ने ‘हे…’ भित्रको रहस्य

नायक राजेश हमालले ३ सय बढी चलचित्रमा काम गरे । यी चलचित्रमा उनले थुप्रै संवाद बोले । तर, राजेश हमाललाई ‘हे…’ भन्ने एउटा शब्दले धेरैमाझ लोकप्रिय बनाइदियो । हमालका थुप्रै चलचित्रमा यो संवाद छ । अहिले पनि यही शब्दलाई लिएर हमालको ट्रोल हुन्छ । तर, राजेश यो शब्द भित्र गहिरो अर्थ लुकेको बताउँछन् ।

यो पनि पढ्नुहोस
राजेश हमालको आग्रह–‘मलाई हेर्ने चश्मा फेर्नुहोस्’
ठट्यौली पारामा यो शब्दबारे राजेशले भने–‘बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई घर छेउमै पहिरो छ ।’ राजेश चानुचुने हिसाबमा

आफूले ‘हे…’ नभनेको बताउँछन् । उनले थपे–‘मैले पहिलादेखि नै मनमा महशुस गरेर, आम–दर्शकको मन बुझेर मात्रै ‘हे’ भन्ने शब्द बोल्न थालेको हुँ । यत्तिकै बोलेको होइन । ’

Related Articles

Back to top button
Close