समाचार

‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट घोषणा नहुँदै अलग्गिए पूर्वडीआईजी खरेल

काठमाडौँ — बिहीबार घोषणा गर्ने भनिएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट पूर्वडीआईजी रमेशप्रसाद खरेलको समूह अलग्गिएको छ । अभियानको औपचारिक घोषणा नहुँदै खरेलसँगै पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादवसहितको समूह अलग्गिने भएको हो ।

भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई केन्द्र राखेर घोषणा गरिने भनिएको अभियानमा ज्ञानेन्द्र शाहीलाई राखिएपछि तीनै जना तत्‍कालका लागि अलग्गिएका हुन्। कान्तिपुरसँगको कुराकानीमा खरेलले भने, ‘हामी अहिलेका लागि समूहमा रहँदैनौँ। घोषणासभामा हामी उपस्थित हुँदैनौँ।, भएका साथीहरुले कार्यक्रम अगाडि बढाउनुहोला।’ ज्ञानेन्द्र शाही अभिव्यक्ति र कार्यशैलीका कारण विवादित शाही नेपालका लागि नेपाली अभियानबाट हटाइएका व्यक्ति हुन्।

पूर्वनिर्धारित कार्यक्रमबाट अलग्गिएको प्रति सार्वजनिक रुपमै माफी मागेको र भोलिका दिनमा त्यहीअनुसार अघि बढ्ने खरेलले बताए। बिहीबार अपरान्ह काठमाडौंमा एक कार्यक्रमको अयोजना गरी ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको घोषणा गर्ने तयारी थियो। तर आन्तरिक विवाद चुलिएपछि खरेल, सिटौला र यादवको समूह अलग्गिएको हो।

२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा दिएका थिए।

Related Articles

Back to top button
Close