समाचार

कोरोनाले समग्र गतिविधि ठप्प हुँदा आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने, महंगी बढ्ने

काठमाडौं, १३ जेठ । सरकारले कोरोना भाइरसअघि अर्थतन्त्रको अधिकांश परिसूचक सन्तोष जनक रहेको तथ्यांक सहित आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ ।आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म आर्थिक परिसूचक सकरात्मक रहेको तर, कोरोना पछि भने अर्थतन्त्रमा समग्र गतिविधि ठप्प हुदाँ आर्थिक वृद्धि २ दशमलव ३ प्रतिशतमा खुम्चिने आर्थिक सर्वेक्षणले देखाएको छ ।

चालुआर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमा सीमित हुने सरकारी आर्थिक सर्वेक्षणले देखाएको छ ।प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सार्वजनिक गरेको सर्वेक्षणले फाल्गुनसम्म आर्थिक गतिविधि तीव्रता पाएको तर, कोरोना भाइरस पछि भने विशेषगरी पर्यटन क्षेत्र, उद्योग व्यापार क्षेत्र प्रभावित भई आर्थिक वृद्धिमा चाप परेको देखाएको अर्थमन्त्री युवराज खतिवडाले बताउनुभयो ।

अर्थमन्त्री डा. खतिवडाले संसदलाई चालु बर्षको अवस्थाका बारेमा जानकारी दिनुपर्ने नियमानुसार मन्त्री खतिवडाले चालु बर्षको ८ महिनाको आर्थिक अवस्था, नीति कार्यान्वयन र विकासका बारेमा जानकारी गराउनुभयो ।सरकारले कोरोना भाइरसका कारण वर्षको अन्त्यमा असहज परिस्थिति सृजना गरेको उल्लेख गर्दै आर्थिक बृद्धि खुम्चिएको जनाएको छ ।

बैठकमा मन्त्री खतिवडाले प्रति ब्यक्ति आय हजार ८५ पुगेको जानकारी पनि दिनुभयो । यस्तै, कुल लगानी ३ दशमलव ४ प्रतिशतले घटेको उल्लेख गर्दै १८ दशमलव ७ प्रतिशत रहेको निरपेक्ष गरिवी १६ दशमलव ६७ प्रतिशत रहने उहाँको अनुमान छ ।यस्तै, सर्वेक्षण सार्वजनिक गर्ने क्रममा मन्त्री खतिवडाले यस वर्ष महंगी बढ्ने समेत बताउनुभएको थियो ।

Related Articles

Back to top button
Close