समाचार

हात्तीले झापामा एक भारतीयको ज्यान लियाे

झापा, १३ जेठ । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका-२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीले ज्यान लिएकाे छ।डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीले भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको ज्यान लिएकाे हाे।

मोरङतिरबाट आएको हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासी भारतीय युवकलाई झम्टेको थियो । हात्ती खेद्न सीमा नाघेर आएका ती भारतीय युवकको शव दशगजाको मकैबारीमा भेटिएको छ ।

घटनाको खबर पाएलगत्तै कोरोबारी प्रहरी चौकीबाट थप सुरक्षाकर्मी घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।गत साता कचनकबलमा जङ्गलमा निगुरो टिप्न जाँदा हात्तीले वृद्धको ज्यान लिएकाे भएको थियो । रासस

त्रकारिता क्षेत्रलाई सुरक्षित गर्न सभापति देउवाको माग-काठमाडौं, १३ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको जोखिमका बेला देशभरका पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताउनुभएकाे छ ।

नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सवका अवसरमा आज जुम प्रविधिमार्फत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशभरका पत्रकारको निःशुल्क कोरोना परीक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न सरकारसँग माग गर्नुभयाे ।

उहाँले यसबीचमा धेरै श्रमजीवी बेरोजगार भएको, विज्ञापन व्यवसायमा असर पर्दा सञ्चारगृह संकटमा परेको तथा दैनिक र साप्ताहिक पत्रिका बन्द भएको बताउँदै पत्रकारिता क्षेत्रले भोगेको यो चुनौती सामना गर्नका लागि व्यवस्थित राहत प्याकेज ल्याउन सरकारसँग माग गर्नुभयाे ।

‘सञ्चारमाध्यमले औंल्याएका गल्ती सच्याउँंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ’, पूर्वप्रधानमन्त्री भन्नुभयाे ।उहाँले देशभरका क्वारेन्टिनलाई व्यवस्थित बनाउने, पर्याप्त स्वास्थ सामग्री व्यवस्था गर्ने, अत्यावश्यक राहतको उचित व्यवस्थापन गर्ने र विदेशमा अप्ठ्यारामा परेका नेपालीलाई उद्धार गर्ने विषयमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी रहेकामा जोड दिनुभयाे ।

उहाँले निडर भएर आफ्नो कलम चलाउन सञ्चारकर्मीलाई आग्रह पनि गर्नुभयाे ।

उहाँले भ्रष्टाचारका विवरण सार्वजनिक गर्ने सञ्चारमाध्यमलाई धन्यवाद दिएर दोषीलाई कारबाही गर्नुपर्नेमा प्रधानमन्त्रीले सञ्चारमाध्यम र सामाजिक सञ्जालले अस्थिरता फैलाएको आरोप लगाएकोप्रति आपत्ति जनाउनुभयो ।

कार्यक्रममा सभापति देउवाले प्रेस युनियन सुनसरीको डिजिटल क्यालेण्डर विमोचन गर्नुभएकाे थियाे ।

Related Articles

Back to top button
Close