समाचार

पर्सामा कोरोना निको भएर ४३ जना घर फर्किए

१२ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् ।दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए ।

उनीहरुको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए ।४३ जनाको डिस्चार्ज गरिएसँग नारायणी अस्पतालको आइसोलेसनमा अब एक जना पनि संक्रमित नरहेको उनले बताए ।

गण्डक कोभिड अस्पतालमा भने २७ जना संक्रमित उपचाररत छन् । यसअघि आइतबार राति एकै परिवारका १८ जना संक्रमित कोरोना निको भएर घर फर्किएका थिए ।

कृषिलाई सधैं हेला : न नीतिले उकास्यो, न बजेटले-१२ जेठ, काठमाडौं । नेपालमा लकडाउन भएको २ महिना बित्यो, चैत ११ देखि जेठ ११ सम्मको अवधिमा नेपालले भारतबाट १ लाख ९९ हजार ७१ मेट्रिक टन खाद्यान्न आयात गर्‍यो । लकडाउनको अवधिमा ७५ हजार ३ सय १५ मेट्रिक टन तरकारी, ५६ हजार ३ ५७ मेट्रिकटन गेडागुडी, २९ हजार ११५ मेट्रिक टन फलफूल र ११ हजार २ सय ४३ मेट्रिकटन दुग्धजन्य पदार्थ आयात भएको छ ।

यो त्यही समय हो, जुनबेला नेपालमा सरकारले नीतिगत रुपमै ‘कृषि क्रान्ति’को उद्घोष गरेको छ र अब कृषिजन्यवस्तुमा नेपाले आफैं आत्मनिर्भर बन्ने प्रतिवद्धता दोहोर्‍याएको छ ।

विदेश र स्वदेशका शहरहरुमा धेरैले रोजगारी गुमाएकाले अर्थविददेखि सरकारी कर्मचारीसम्मले यो समय व्यवसायिक कृषिलाई जगाउने अवसर भनेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले द्वन्द्वकालदेखि नै गाउँ छाडेर कृषिबाट विमुख नागरिकलाई पुनः कृषिमा जोड्ने अवसरका रुपमा ब्याख्या गरेका छन् । रोजगारी गुमएकालाई पुनः रोजगारी दिलाउने प्रमुख आधार कृषि नै हुने अर्थमन्त्री खतिवडाले बताउँदै आएका छन् ।

तर, के खाद्यान्नमा पनि भारतकै भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी अब सरकारले कार्यक्रम ल्याउँछ त ? कृषि विकास मन्त्रालयका अधिकारीहरु यसको जवाफ आफूसँग नभएर प्रधानमन्त्री र अर्थमन्त्रीसँगै सोध्न सुझाउँछन् । कृषिमा ज्यादै न्यून बजेट दिन लागिएको र त्यसबाट अहिले भनिएजस्तो र अपेक्षा गरिएजस्तो प्रतिफल निकाल्न नसकिने मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

‘यो पटक कृषिकमा ठूलो क्रान्ति हुन्छ भनेर ढोल पिटिएको छ । तर, हामीले पाउँदै आएको बजेट पनि खोसिने अवस्था छ,’ मन्त्रालयका एक अधिकारी भन्छन्,’यो वर्ष कृषिले सैद्धान्तिक रुपमा प्राथमिकता पाउला । तर, व्यवहारतः विगतको भन्दा फरक व्यवहार हामीमाथि हुने देखिएन ।’

बजेटबारेको छलफलमा अर्थमन्त्रालयका अधिकारीले बजेट बढाउन नसकिने छनक दिएपछि कृषि मन्त्रालयका अधिकारी खासै उत्साहित छैनन् । नीतिगतरुपमा मात्रै समस्याको सम्बोधन गरेर कृषिको कायापलट हुने अवस्था नरहेको उनीहरुको भनाइ छ ।

हेलामा कृषि बजेट

नेपालको बजेटमा कृषि कहिल्यै मूल प्राथमिमता बनेको छैन । आजभन्दा ६९ वर्ष पहिले तत्कालीन अर्थमन्त्री सुवर्ण समशेर राणाले पहिलो पटक संसदमा प्रस्तुत गरेको बजेटमा कृषि क्षेत्रका लागि दुई लाख रुपैयाँ र सिचाँईमा १० लाख रुपैयाँ बिनियोजन भएको थियो ।

त्यसयता नेपालको बजेटहरु केलाउँदा पहिलो बजेटले कृष्किा क्षेत्रमा बसाएको मानकलाई कुनै सरकारले निरन्तरता दिन चाहेनन् । जानकारहरुका अनुसार पञ्चायतकालदेखि नै सरकारको बजेटमा ‘कृषिको विकास’ कहिल्यै मुख्य प्राथमिकतामा परेन ।

Related Articles

Back to top button
Close