अन्तर्राष्ट्रिय समाचारस्वास्थ्य/ जिबनशैली

कोरोनाभाइरसः इटालीमा संक्रमितको संख्या ८० बाट ४०० पुग्यो, चीनमा घट्दै

बितेका २४ घण्टामा इटालीमा यो दर २५ प्रतिशतले बढेको हो।

अन्य युरोपेली राष्ट्रले पनि कोरोना संक्रमणको मामिला सार्वजनिक गरेका छन्। उनीहरूले ती संक्रमण इटालीबाट सरेको जनाएका छन्। बुधबार विश्व स्वास्थ्य संगठनले चीनबाहिर पहिलो पटक यो स्तरमा कोरोना संक्रमणको इटालीमा फैलिएको बताएको छ।

हालसम्म विश्वव्यापीरुपमा ४० देशका ८० हजार मानिसहरूमा यो संक्रमण देखिएको छ। डिसेम्बरबाट सुरु भएको यस संक्रमणबाट चीन सबैभन्दा बढी प्रभावित छ।

कोभिड-१९ नाम दिएको यो नविन कोरोनाभाइरसका कारण २७ सय जनाले ज्यान गइसकेको छ।

इटालीका अधिकारीहरूले कोरोनाभाइरस संक्रमण संख्या ८० बाट ४०० पुगेको पुष्टि गरेका हुन्।

हालसम्म इटालीमा यस संक्रमणका कारण १२ जनाको मृत्यु भइसकेको छ। यसको संक्रमण इटालीको मिलान शहर वरपर र भेनिस नजिकको भेनेटोमा ज्यादा देखिएको छ।

संक्रमण बढेपछि इटालीको सरकारले ती क्षेत्रका स्कूल, विश्व विद्यालय तथा सिनेमाघरहरू बन्द गर्नुका साथै अन्य सार्वजनिक कार्यक्रमहरू स्थगीत गरेको छ।

Related Articles

Back to top button
Close