स्वास्थ्य/ जिबनशैली

‘लामखुट्टेबाट कोरोना भाइरस सर्दैन’

लामखुट्टेको टोकाइबाट कोरोना भाइरस नसर्ने मन्त्रालयले जनाएको छ। आइतबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म लामखुट्टेको टोकाइबाट कोरोना भाइरस नसर्ने जानकारी दिएका हुन्।

‘कोरोना भाइरस लामखुट्टेले सार्छ भन्ने कुरा हालसम्म प्रमाणित भएको छैन, उनले भने,’ नयाँ भाइरस स्वासप्रश्वाससम्बन्धी जीवाणु भएकाले आफूलाई जोगाउन बारम्बार हात धुने, मास्कको प्रयोग गर्ने र खोक्दा कुहिनाको प्रयोग गर्नुपर्छ।’

प्रवक्ता देवकोटाले लामखुट्टेको टोकाइबाट मलेरिया र डेंगुजस्ता रोग सर्न सक्ने बताए। यो समय गर्मीको समय भएकाले थप सतर्कता अपनाउ पर्नेमा जोड दिँदै डा.देवकोटाले भने, ‘लाखुट्टेको टोकाइबाट बच्न घर वरपर सफा राख्ने, झुलको प्रयोग गर्ने र झ्याल तथा ढोकामा जालीको प्रयोग गर्नुपर्छ।’

त्यस्तै डा. देवकोटाले आयुर्वेदिक तथा होमियोप्याथिक औषधिबाट कोरोको उपचार नहुने बताए। आयुर्वेदिक औषधिले मानिसमा रोगसँग लड्न सक्ने शक्ति बढाउन सहयोग गर्ने भएपनि कोरोनासँग यसको कुनै सम्बन्ध नभएको डा. देवकोटाको भनाइ छ।

‘रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिको कोरोना संक्रमणको जोखिम बढी हुन्छ, उनले भने,’आयुर्वेदिक औषधिको सेवन गर्दा फाइदा नै हुन्छ। तर यसको कोरोना भाइरससँग कुनै सम्बन्ध भने छैन।’ हालसम्म कोरोनाको कुनै खोप पत्ता नलागेको पनि उनले जानकारी दिए।

Related Articles

Back to top button
Close