समाचार

काठमाडौंको टोखामा माेटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

११ जेठ । काठमाडौंको टोखामा दुई माेटरसाइकल ठाेक्किएर भएकाे दुर्घटनामा २ को मृत्यु भएको छ । आइतबार बिहान टोखा नगरपालिका–२ पञ्चेटारमा भएकाे उक्त दुर्घटनामा दुईको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

मृत्यु हुनेमा सोही स्थानका मनोज दुलाल र पासाङ तामाङ रहेको र दुवै मोटरसाइकल चालक रहेको प्रहरीको भनाइ छ । बिहान बा८५प ५६६ र बा९१प ११८८ नंको मोटरसाइकल एकापसमा ठक्कर खाई भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य तीनजना सामान्य घाइते भएको र उनीहरु सामान्य उपचारपछि घर फर्किको छन् ।

Related Articles

Back to top button
Close