समाचार

प्रहरीमा कोरोना देखिएपछि नयाँबानेश्वरका तीन घर ‘सिल’

११ जेठ । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण देखिएपछि उनीहरू बस्ने गरेका नयाँबानेश्वरस्थित घरहरू ‘सिल’ गरिएकाे छ ।

संक्रमित प्रहरीले डेरा गरी बस्दै आएकाे काठमाडौँ महानगरपालिका वडा नं १० मा पर्ने नयाँबानेश्वरका तीन घर सिल गरिएको हाे । संक्रमितकाे कन्ट्याक्ट ट्रेसिङका क्रममा उनीहरू नयाँबानेश्वरकाे भरोसा अस्पताल पछाडि रहेका घरमा बस्दै आएकाे खुलेकाे हाे ।

त्यसलगत्तै साे आसपासका तीनवटा घर सिल गरिएकाे जनाइएकाे छ ।हाल ती घरमा रहेका अन्यकाे पनि ट्रेसिङ भइरहेकाे र केही दिनमै उनीहरूकाे स्वाब संकलन गरी परीक्षण गरिने जनाइएकाे छ ।

Related Articles

Back to top button
Close