समाचार

पाटन अस्पतालको आइसोलेसनमा रहेका एकजना बिरामी को मृत्यु

शुक्रबार पाटन अस्पतालको आइसोलेसनमा रहेका एकजना बिरामीको मृत्यु भएको छ । त्यस्तै अल्का अस्पतालमा पनि ६५ वर्षीय पुरुषको मुत्यु भएको स्वास्थ कार्यालय ललितपुरका

शुक्रबार पाटन अस्पतालको आइसोलेसनमा रहेका एकजना बिरामीको मृत्यु भएको छ । त्यस्तै अल्का अस्पतालमा पनि ६५ वर्षीय पुरुषको मुत्यु भएको स्वास्थ कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले जानकारी दिए।

प्यान्क्रियाज क्यान्सरका कारण अल्कामा उपचार गर्न आएका पुरुषमा ज्वरो आएको अस्पतालले जनाएको छ ।नवलपरासीबाट उपचारका लागि आएका उनको शुक्रबार निधन भएको हो ।

स्वास्थ कार्यालय ललितपुरका प्रमुख गेलालका अनुसार ज्वरो आएका कारण उनको स्वाब बिहीबार नै पीसीआर परीक्षण गर्न पठाए पनि रिपोर्ट आएको छैन। क्यान्सरका कारण मृत्यु भएको हुनसक्ने उनले बताए ।

यस्तै पाटन अस्पतालमा मृत्यु भएका बिरामी अन्य रोगको उपचार गर्न आएका थिए।पाटन अस्पतालका निर्देशक डा.बिष्णु शर्माका अनुसार बिरामी आइसोलेसनमा रहेको र उनको कोरोना परीक्षण भइसकेको छ। बिरामीको के कारणले मृत्यु भएको हो भन्ने बारे अस्पतालमा बैठक चलिरहेको छ। हाल पाटन अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

प्रमुख खगेश्वर गेलालले जानकारी दिए।

Related Articles

Back to top button
Close