रोचक

रौटहटमा प्रहरीलाई देखेपछि एक व्यक्ति १० लाख रकम बाटाेमै छाडेर भागे

रौटहटको इशनाथ नगरपालिका ९ दुलरीयाको सडकबाट प्रहरीले १० लाख पाँच हजार रकम फेला पारेको छ।बिहीबार बिहान गस्तीमा निस्केको प्रहरीलाई देखेपछि मोटरसाइकलमा सवार एक व्यक्ति भाग्न थाले। ती व्यक्तिलाई प्रहरीले पछ्याउँदै जाँदा उनले आफूसँग भएको पैसा र मोटरसाइकल छाडेर भागेका थिए।

‘उसले पैसा र मोटरसाइकल छाडेर भाग्यो। हामीले मोटरसाइकल र रकम बरामद गरेका छौं,’ रौटहटका एसपी रविराज खड्काले भने, ‘ती व्यक्तिलाई भने पक्राउ गर्न पाएनौं।’

उनका अनुसार यस घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा समेत लिइएको छ।‘सोधपुछ गर्दा उसले आफ्नो नभएको बताएको छ,’ उनले भने। प्रहरीलाई देखेपछि कसले किन यति धेरै रकम छाडेर भाग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button
Close