खेलकुद

म्याच फिक्सिङ दिपेशलाई दुई वर्ष प्रतिबन्ध

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा म्याच फिक्सिङ गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती क्लबका कप्तान दिपेश श्रेष्ठलाई दुई वर्ष प्रतिबन्ध गरेको छ । एन्फाले दिपेशलाई ५० हजार रुपैयाँ जरिवाना पनि गरेको छ । ‘ए’ डिभिजन लिगमा सरस्वती र हिमालयन शेर्पा क्लबबीच खेलमा दिपेश नियम विपरित म्याच फिक्सिङको कार्यमा सक्रिय भएको एन्फाको आरोप छ ।

यसैगरी एन्फाले हिमालयन शेर्पा क्लबका म्यानेजर विजेन्द्र पुडासैनीलाई तीन महिना निलम्बन र ३० हजार रुपैयाँ जरिवाना पनि गरेको छ । शेर्पाका गोलरक्षक प्रशिक्षक मिनबहादुर बस्नेतलाई भविष्यमा नियम विपरित काम नगर्न सुझाएको छ । हालै सम्पन्न ‘ए’ डिभिजन लिग अन्तर्गत सरस्वतीले शेर्पा क्लबलाई ४–३ गोलले परादित गरेको थियो ।

लिगमा एउटा मात्र जित निकालेको सरस्वतीले नवौं खेलमा पुगेर मात्र शेपालाई हराउन सकेको थियो । अस्वभाविक गोल भएको उक्त खेल फिक्सिङ भएको समाचार बाहिर आएको थियो । तर फिक्सिङ कान्डमा मुछिएपनि अन्तिममा सरस्वतीले रेलिगेसन जोगाउन भने सकेको थिएन ।

Related Articles

Back to top button
Close