मनोरंजन

वैवाहिक बन्धनमा बाँधिन लागेकी आँचललाई पलको मनछुने सन्देश

नायिका आँचल शर्माले आफ्नो प्रेमी डा। उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन् । उनीहरु केही समय अघि देखि प्रेम सम्बन्धमा थिए । चलचित्र ‘नाई नभन्नु ल–४’ बाट चलचित्रमा अभिनयको यात्रा आरम्भ गरेकी अभिनेत्री आँचलले छोटो समयमा नै फिल्मी क्षेत्रमा आफ्नो राम्रो छाप छोडेकी छन् । उनले चितवन निवासी डा। श्रेष्ठसँग सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा आफ्ना केही आफन्त र साथीभाइहरुको उपस्थितिमा इन्गेजमेन्ट गरेकी हुन्। उनीहरुले एक अर्कालाई औंठी लगाएर छिटैनै विवाह गर्ने बाचा गरेका हुन् ।

उनीहरुको फागुन २९ गते विवाह हुने बताइएको छ। इन्गेजमेन्टमा आँचलले लेहेङ्गा लगाएकी थिइन् । दुइको परिवार मात्र सहभागी भएको समारोहलाई विशेष बनाउन उनीहरुले कुनै कसर बाँकी राखेनन् । आँचल लेहेङ्गमा निकै खुलेकी थिइन् । टाउकामा ताज लगाएकी आँचल उदिपसँग खुशी देखिएकी थिइन् ।केही समय अघि अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा प्रेममा रहेको चर्चा जताततै थियो । यो जोडीलाई पर्दामा मात्र होइन दर्शकले वास्तविक जीवनमा पनि सदैव सँगै हेर्न चाहने दर्शकको संख्या पनि उत्तिकै थियो ।

तर पर्दाको सबै जोडीले कहाँ जीवन एक अर्कासँगै बिताउँछन् र दर्शकको मनले एक थोक खोजे पनि उनीहरूको व्यक्तिगत जीवन अर्कै हुन्छ । दर्शकले ‘आँप’ जोडीको रूपमा मन पराएका आँचल र पल एकसाथ नदेखिनु को कारण हो आँचलको विवाह । केही समय यता फिल्म इन्डस्ट्रीमा आँचल विवाह बन्धनमा बाँधिने हल्ला चलिरहेको छ र यसलाई उनले पनि स्वीकार गरेकी छिन् ।आँचलले उनका प्रेमी डाक्टर उद्दीप श्रेष्ठ सँग यही वर्षको अन्त्यमा विवाह गर्दै छिन्। यस विषयमा अभिनेता पल लाई पनि थाहा छ। आँचल को विवाह हुन लागेको थाहा पाउँदा खुसी व्यक्त गर्दै उनले भने, “दर्शकहरूले आँप जोडीलाई मन पराइदिनु भयो यो खुसीको कुरा हो ।

कत्तिलाई त हामी साँच्चैको पनि जोडी हो भनेर सोच्नु भएको छ जुन गलत थियो ।हामी मिल्ने साथी मात्र हौँ र हाम्रो जोडी फिल्म र भिडियोमा मात्र सीमित भएको हो । आँचलले विवाह गर्दै हुनुहुन्छ जुन खुसीको कुरा हो । आँचललाई विवाह बन्धनमा बाँधिन लागेकोमा शुभकामना दिन चाहन्छु” ।

Related Articles

Back to top button
Close