समाचार

भारतले हड्पेको भूमि समेटेर नेपालको नयाँ नक्सा तयार पारियो

काठमाडौं, ४ जेठ । सरकारले प्रतिबद्धता व्यक्त गरे अनुरुपको नेपालको नयाँ नक्सा तयार भएको छ ।

भारतले हड्पेर सडक बनाएको लिम्पियाधुरा , लिपुलेक र कालापानीको भूभाग समेटेर नेपालको नयाँ नक्सा तयार पारिएको हो । भूमिसुधार मन्त्रालयले तयार पारेको यो नक्सा मन्त्रिपरिषद्मा पेश गरिदैछ ।

सरकारको नीति तथा कार्यक्रममा पनि प्रतिबद्धता व्यक्त गरेको यो विषयलाई सरकारले आजैको मन्त्रिपरिषद् वैठक पछि जारी गरिने सम्भावना छ ।नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग छुट्याइएको भन्दै सर्वत्र चर्को आलोचना हुँदै आएको थियो ।

Related Articles

Back to top button
Close