समाचार

कोरोना त्रास फैलाउन अज्ञात ब्यक्तिद्धारा १६ वटा ५०० रुपैयाँको नोटहरु छरेर फरार

। अज्ञात ब्यक्तिले बाराको सडकमा पैसा फालेर फरार भएका छन् ।बाराको आदर्शकोत्वाल गाउँपालिका ८, कोत्वालीमा अज्ञात ब्यक्तिले १६ वटा ५०० रुपैयाँको नोटहरु छरेका छन् । स्थानीयहरुका अनुसार केही ब्यक्तिले पैसा छरेर फरार भएको बताएका छन् । पैसाबाट कोरोना सर्ने भन्दै स्थानीयहरु त्रसित बनेका छन् ।

कोरोना भाइरसको त्रास फैलाउन पैसा फालेको हुन सक्ने प्रहरीले पुर्वानुमान गरेको छ ।  सो स्थानलाई प्रहरीले हाल घेरा हालेर अनुसन्धान थालेको छ ।

झापाको सिमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका नागरिकलाई सोमबारदेखि नेपाल ल्याउने तयारी भएको छ । जिल्ला समन्वय समिती झापाको संयोजनमा बसेको बैठकले लकडाउन कारण सिमा क्षेत्रमा अलपत्र परेका परेका नेपाली नागरिकलाई प्रवेश दिने निर्णय गरेको हो ।प्रदेश एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरसहितको बैठकले सिमाक्षेत्रमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन लागिएको हो ।

‘सोमबार करिब ३ सय नेपालीलाई काँकरभिट्टा नाकाबाट ल्याउछौँ’ जिल्ला समन्वय समितीका संयोजक तथा कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितीका संयोजक सोमनाथ पोर्तेलले भन्नुभयो, ‘उनीहरुको व्यवस्थापनको तयारी भइरहेको छौँ ।’उहाँका अनुसार सिमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीलाई त्यसपछि क्रमशः प्रवेश दिइनेछ । नेपाल आएका नागरिकलाई केहीदिन जिल्लामा स्थापना गरिएको ‘होल्डिङ्ग पोइन्ट’ मा राखिनेछ । हाललाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनलाई नै ‘होल्डिङ्ग पोइन्ट’ का रुपमा प्रयोग गर्ने बताइएको छ ।

 

Related Articles

Back to top button
Close