अन्तर्राष्ट्रिय समाचारस्वास्थ्य/ जिबनशैली

चीनकै एक डाक्टरले विकास गरे कोरोना भाइरसविरुद्धको ‘भ्याक्सिन’

विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस अर्थात “कोभिड १९” विरुद्धको औषधि चीनकै एक डाक्टरले विकास गरेका छन् । चीनकै वुहानमा पहिलाेपटक देखिएकाे भाइरस हाल ३ दर्जनभन्दा बढी मुलुकमा फैलिएको छ ।

कोरोना भाइरसको भ्याक्सिन
विश्वमै तीव्र रूपमा यसकाे भाइरस फैलिएछि नियन्त्रण गर्न चुनौति परिरहेको बेला चीनकै डाक्टरले काेराेना विरुद्धको ‘भ्याक्सिन’ विकास गरेका हुन् । चीनको अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सका अनुसार थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको एक टोलीले सो भ्याक्सिन विकास गरेका हाे ।

यो भ्याक्सिन मुखबाट लिन सकिने बताइएको छ । सुरुमा उनी आफैँले सो ‘ट्याबलेट’को चार डोज प्रयोग गरेको बताइएको छ । उनले विकास गरेका ‘ट्यावलेट’ले कुनै साइड इफेक्ट देखाएका थिएन ।

मुखबाट लिनसकिने उक्त ‘भ्याक्सिन’ले कोरोनाको भाइसरलाई मानिसको शरीरको भित्री मांसपेसीसम्म जानबाट रोक्ने तहलाई सक्रिय बनाइ संक्रमण हुनबाट रोक्नुका साथै यसले संक्रमितको उपचारमा समेत सहयोग पुग्ने चिनियाँ अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

This image has an empty alt attribute; its file name is MW-HZ162_corona_20200128111123_ZH-768×432.jpg
भ्याक्सिन पत्ता लगाउने थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइ
‘भ्याक्सिन’को बिकास सँगै साे विश्वविद्यालयले औषधिलाई क्लिनिकल परीक्षण र धेरै मात्रामा ‘भ्याक्सिन’ उत्पादन गर्न साझेदारको खोजी गरीरहेको बताइएको छ।

प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको टोलीले ‘क्याप्सुल’का रुपमा केही नमुना चक्कीहरू तयार गरेको र उनीहरू ‘भ्याक्सिन’ निर्माणमा महत्वपूर्ण मानिएको प्रोटिनको पुनर्मिलन हुने क्षमता, निर्माण तथा खण्डीकरण प्रणालीलाई प्रभाव पार्न सक्ने प्रविधिको विकास गर्न सफल भएका हुन् ।

कोरोना भाइरसका काराण मंगलबारसम्म २७ सय एक जनाको मृत्यु भइसकेको छ । चीनमा कोरोना भाइरसले सबैभन्दा धेरैको ज्यान लिएको तथ्याङ्क छ ।

भ्याक्सिन पत्ता लगाउने खटिएका टाेलिकाे सदस्य
गत सोमबार मात्रै एकैदिन चीनमा ७१ जनाको मृत्यु भएको थियो। जसमा हुबेई प्रान्तमा मात्रै ६८ जनाको मृत्यु भएको थियाे । त्यसैगरी चीनमा एकैदिन ५ सय ८ नयाँ संक्रमित भेटिएका थिए । मंगलबार बिहानसम्ममा चीनमा मात्रै कोरोना संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान गइसकेकाे छ । त्यस्तै विश्वभर २७ सय १ जनाको मृत्यु भएइसकेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

त्यसैगरी चीनपछि सबैभन्दा कोरोना प्रभावित मुलुक दक्षिण कोरियमा ११ जनाको मृत्यु भएको छ । मंगलबार साँझसम्म ११ मानिसको मृत्यु भएको हो भने ९ सय ७७ जनामा यसको संक्रमण देखिएको छ ।

एजेन्सीकाे सहयाेगमा

Related Articles

Back to top button
Close