समाचार

धुलिखेल अस्पतालमा मृ’त्यु भएकी सुत्केरीलाई कोरोनाबाट भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

शुक्रबार संक्रमित एक सैनिक पृतनापति भएको खुलेको छ । महोत्तरीस्थित मध्यपूर्वी पृतनाका प्रमुख उपरथीलाई संक्रमण भएको हो ।सैनिक स्रोतका ५२ वर्षिय उपरथी र उनका सहयोगीलाई संक्रमण भएको पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रायलले शनिबार अपरान्ह काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो ।बर्दिवासको किशान नगरस्थित पृतनाका प्रमुख लकडाउनका समयमा विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

त्यसक्रममा उनलाई संक्रमण भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ ।सेनाको पृतनामा चिकित्सकसहितको सुविधा पनि छ । त्यसैले उनलाई बाहिरको अस्पतालमा राख्ने वा ब्यारेकमै आइसोलेसनमा राख्ने भन्नेबारे छलफल भइरहेको स्रोतले बतायो ।महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सैनिक अधिकारीको दर्जा थाहा भइनसकेको दाबी गरे ।

यद्यपि कन्ट्याक ट्रेसिङको कार्य भने थालिसकिएको उनले जनाए ।ब्यारेकमा अन्यको पनि परीक्षण गर्न लागिएको छ । उनीहरुबाट ब्यारेकमा धेरैलाई फैलिएको आशंका गरिएको छ ।

Related Articles

Back to top button
Close