समाचार

नेपाली सेनामा कोरोना संक्रमित

शनिबार थपिएका दुबै जना कोरोना संक्रमित नेपाली सेनाका सुरक्षाकर्मी रहेको खुलेको छ।उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई जानकारी दिए।

उनीहरू एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन्।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ। जसमा ३५ जना निको भएका छन्।

धुलिखेल, सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेमा उच्च स’तर्कता अपनाइएको छ । सोहि वडाकी एक सुत्केरी महिलाको धुलिखेल अस्पतामा मृ’त्यु भएपछि वडामा उच्च सतर्कता अपनाइएको हो । वडाध्यक्ष सानु तामाङले वडाका कोहि पनि नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको बताए ।ज्वरो, रुघाखोकी र स्वासप्रश्वासको स’मस्या भएपछि अस्पताल भर्ना भएकी ती महिलाको उपचारको क्रममा मृ’त्यु भएको थियो ।बिहीबार धुलिखेल अस्पतालमा आइपुगेकी ती महिनाको उपचारकै क्रममा मृ’त्यु भएको हो ।

९ दिनको बच्चा रहेको बताइएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । शिक्षण अस्पताल महारागञ्जमा सुत्केरी भएर उनी गाउँ गएकी थिइन् ।बैशाख २७ गते शिक्षण अस्पतालबाट डि’स्चार्ज भएर गाउँ गएकी उनलाई स्वास्थ्यमा स’मस्या आएपछि बैशाख ३१ गते बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो । जेठ १ गते बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रले आइसियु नभएको भन्दै धुलिखेल अस्पताल लैजान सि’फारिस गरेको बाह्रबिसे नगरपालिकाका स्वास्थ्य संयोजक होमनाथ लामिछानेले बताए । तर अस्पताल न’लगेर घरमा लगेको पाइएको छ ।

Related Articles

Back to top button
Close