समाचार

टिचिङमा बिरामी भेट्न आएका व्यक्तिमा भेटियो कोरोना संक्रमण

३ जेठ, काठमाडौं । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् ।बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।प ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार १० बसे आवधिक गरेको विवरण अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र

चितवनका गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं गरिएको परिक्षण अनुसार ६ जनामा कोभिड-19 पोजिटिभ देखिएको हो।

नयाँ पुष्टि हुनेमा बर्दिया, नार्दु-११ निवासी २८ वर्षीया महिला सिराहा, सखुवा-१९ निवासी ३० वर्षीय पुरुष, पर्सा, वीरगन्ज-१२ निवासी २८, २९ वर्षीय पुरुष, सर्लाही, रामनगर४ निवासी १८ वर्षीया महिला, चितवन, गढ़ौली-१ निवासी २५ वर्षीय महिला रहेका छन् । हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा बिरामी भेट्न आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको टिचिङ अस्पतालले पुष्टि गरेको छ।

यसअघि टिचिङ अस्पतालको न्यूरो वार्डमा भर्ना भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि न्यूरो वार्डमा उपचारमा संलग्न डाक्टर/नर्स र बिरामी भेट्न आएकाको स्वाब परीक्षण गरिएको थियो र परीक्षण गर्दा उनमा संक्रमण पोजेटिभ देखिएको हो।‘उहाँलाई अहिले आइसोलेसनमा राखिएको छ’, अस्पताल स्रोतले भन्यो,‘यहीँ आएर संक्रमण भयो कि अन्य कतैबाट संक्रमण फैलियो कन्ट्याक्ट ट्रेसिङ सुरू गर्दैछौं।’

यसअघि शुक्रबार कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी रहेको समाचार सार्वजनिक भएको थियो। तर अस्पतालका कर्मचारी नभएर बिरामी भेट्न आउने व्यक्तिमा कोरोना संक्रमण भेटिएको स्रोतले बतायो।दाङका ४६ वर्षीय ती व्यक्ति न्यूरो वार्डमा सर्जरी गरेको बिरामीलाई भेट्न आएका थिए।

Related Articles

Back to top button
Close