समाचार

ओली-दाहालको संयुक्त अपील- “मदन भण्डारीको ह त्यारा पत्ता लगाएरै छाड्छौँ”

काठमाडौं। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले कोरोना संक्रमणको महा मारीविरुद्ध अग्रभागमा स्वयंसेवी बन्न पार्टीका नेता र कार्यकर्तालाई आह्वान गरेका छन्।

रह स्यमय भनिँदै आएको दासढुंगा दुर्घ टनामा मारिएका तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औं स्मृति दिवसमा जारी गरेको संयुक्त वक्तव्यमा उनीहरूले यस्तो आह्वान गरेका हुन्।३ जेठ २०५० मा दासढुंगा दुर्घट नामा भण्डारी र आश्रितको निधन भएको थियो। यही दिनको सन्दर्भ पारेर दुई वर्षअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण घोषणा भएको थियो। त्यसयता नवगठित पार्टी नेकपाको नेतृत्व ओली र दाहालले गर्दै आएका छन्।

भण्डारी र आश्रितको स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्ष पुगेको दिन स्मरण गर्दै ओली र दाहालले आफ्नो पार्टी पंक्तिलाई कोरोना संक्रमणको महा मारीको जो खिम स्मरण गराएका छन्।

ओली र दाहालले कोरोना म हामारीको प्रभावकारी रोकथाम, नियन्त्रण र उपचारसँगै यसले सिर्जना गरेको आर्थिक मन्दीसँग सरकारको अगुवाइमा एकताबद्ध भएर जुझ्‍न सबै दललाई अपीलसमेत गरेका छन्।

नेकपाका अध्यक्षद्वय ओली र दाहालले २७ वर्ष पहिले भएको दासढुंगा दुर्घट नाको सत्यतथ्य अन्वेषण गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएका छन्। “उक्त घ टनाको रह स्य अझै उद्घाटित हुनसकेको छैन, आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घ टना मान्न तयार छैनन्,” संयुक्त वक्तव्यमा उल्लेख छ, “हाम्रो पार्टी उक्त रह स्यमय घ टनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिवद्धता पुनः व्यक्त गर्दछ।”

Related Articles

Back to top button
Close