समाचार

भाटभटेनीलाई एक हजार ज’रिवाना र एक महिना कै’द

लकडाउनको मौका छोपी कालोबजारी गरेको अ’भियोगमा यहाँको भाटभटेनी सुपर मार्केटलाई स्थानीय प्रशासनले रु एक हजार ज’रिवाना र एक महिना कै’दको स’जाय सुनाएको छ । उपभोक्ताको गु’नासोपछि प्रशासनले गरेको अनुगमनका क्रममा भाटभटेनीले प्रचलित मूल्यभन्दा बढीमा सामग्री बेचेको भेटिएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार तरकारीमा बजारको प्रचलित मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि भाटभटेनीलाई का’रवाही गरिएको हो ।भाटभटेनीका तर्फबाट भरतपुरका व्यवस्थापक जमुना गुरुङलाई सो स’जाय सुनाइएको थियो ।

निज गुरुङले कै’द बराबरको ज’रिवाना रकम तिरेर छुटेको उहाँले जानकारी दिनुभयो । यसैगरी रत्ननगरमा रहेको पौडेल पुस्तक महलका सञ्चालक हरिनारायण उपाध्यायलाई बढी मूल्यामा पुस्तक बेचेपछि एक महिना कै’द र रु एक हजार जरिवाना गरिएको छ ।निजले पनि कै’दवापतको ज’रिवाना ति’री रि’हा भएको प्रशासनले जनाएको छ । यस्तै महङ्गो मूल्यमा फलफूल बिक्री गर्ने चार व्यवसायीलाई का’रवाही गरिएको छ ।का’रवाहीमा पर्नेमा काठमाडौँ फ्रु’ड्स र आचार्य फ्रु’ड्स नारायणगढलाई रु २५/२५ हजार र हिमालय फ्रु’ड्स तथा सुभम फ्रु’ड्सलाई रु १०÷१० हजार ध’रौटी तो’किएको उहाँले जानकारी दिनुभयो ।

बजार अनुगमनका क्रममा उनीहरुले उपभोक्तालाई बजार मूल्यभन्दा म’हङ्गो मूल्यमा बिक्री गरेको पाइएपछि ध’रौटी तो’की तारेखमा छा’डिएको सिम्खडाले बताउनुभयो । उनीहरुलाई स्थानीय प्र’शासन ऐ’न २०२८ को द’फा ९(५) ब’मोजिम का’रवाही गरिएको उहाँले जानकारी दिनुभयो । लकडाउनको मौ’का छो’पी महङ्गोमा सामान बिक्री गर्नेलाई स्थानीय प्रशासनले क’डाइका साथ अनुगमन गर्ने काम गरिरहेको छ । (रासस)

Related Articles

Back to top button
Close