समाचार

थप ९ जनामा कोरोना संक्रमणको पुष्टि,

काठमाडौं । नेपालमा थप ९ जनाको कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।

बाँकेको नेपालगञ्जस्थित जमुनाह सीमा नाकाबाट गए राति प्रवेश गरेका तीन जनामा आरडिटी पोजेटिभ देखिएको छ । जमुनाहा नाकाबाट भित्रिएका विभिन्न जिल्लाका ४६६ जनामा आरडिटी गर्दा सुर्खेत, कालीकोट र नुवाकोट जिल्लाका तीनमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आरडिटी पोजेटिभ देखिएका तीनै जनाको पिसिआर परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरी आजै भेरी अस्पतालको प्रयोगशालामा पु¥याइएको छ । सीमावर्ती भारतीय शहरमा रहेको क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई नेपालगञ्ज ल्याइएको छ । गए राति प्रवेश गरेका ६८७ नागरिकमध्ये बाँके र बर्दियाका २२१ लाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको अहिले परीक्षण गरिएको छैन ।

Related Articles

Back to top button
Close