समाचार

कोरोना लागेको तर उपचार नपाएको भन्दै रुदै अन्तर्वार्तामा आए दुबईका नेपाली युवा (अडियोसहित)

दुबईमा कोरोनाभाइरसबाट संक्रमित भएका नेपाली युवाले आफुलाई उपचारको व्यवस्था गरेर बचाउन आग्रह गरेका छन् ।पत्रकार ऋषि धमलासँग कुरा गर्दै ती युवाले आफुलाई कोरोना लागेको भएपनि उपचार नगराइएकाले आफु मर्न लागेकोभन्दै विलौना गरेका हुन ।अन्तरवार्ताकै क्रममा रुदै उनले भने, कोरोना लागेको छ,अस्पताल लगिएको छैन, उपचार भएको छैन, मलाई नेपाल लगे म बाँच्ने थिए, यहाँ मलाई कसैले केही गरेको छैन् । उनले आफुलाई कोरोनाका कारण स्वास फेर्न गाह्रो भइरहेको जानकारी दिए ।

त्यस्तै उनले जोरो आएको, छाती दुखेको छ, घाटी सुख्खा भएको बताउदै आफ्नो अवस्था गम्भीर रहेको जानकारी दिए ।“घर जान खोजेको एक महिना १५ दिन भयो, कोरोना लागेको रैछ, कसरी लाग्यो थाहा भएन, यहाँ मलाई धेरै पिडा भइरहेको छ, उनले अन्तर्वार्ताका क्रममा भनका छन् । सिराहको मिर्चैया घर बताउने ती युवाले आफ्ना परिवारजनलाई चिन्ता हुने भएकाले आफुलाई केही नभएको भनेर टाँट्ने गरेको पनि जानकारी दिए ।प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई आग्रह गर्दै उनले मलाई की नेपाल लैजानु की यही अस्पतालमा उचारको व्यवस्था गरिदिनु, नत्र म मर्छु भनेका छन् ।

उनले दुबईमा रहेको नेपाली दूतवासमा पटक पटक फोन गरेपनि कुनै सहयोग नगरेको र एक दुई दिनमा डाक्टर आउछ भन्ने आश्वासन मात्रै दिने गरेको तर अहिलेसम्म डाक्टर नआएको गुनासो गरे । उनले आफु दुबई आएको २७ महिना भएको र अहिले साथमा एक दुई हजार रुपैया मात्रै रहेको जानकारी दिए ।

Related Articles

Back to top button
Close