समाचार

थप सात जनामा कोरोनाको संक्रमण, एक जना संक्रमित काठमाडौंका

थप सात जनामा कोरोनाको संक्रमण, एक जना संक्रमित काठमाडौंक
नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।हिजो बुधवार साँझसम्म यो संख्या २ सय ४३ थियो।बिहान ७:४५ बजे जारी गरेको विज्ञप्तिमा थप ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ सय ५० पुगेको उसले जनाएको हो।

संक्रमितमा ४ पुरुष र एक युवती रहेका छन्।यसअघि आजै बिहान ६:१५ बजे मन्त्रालयले जारी गरेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका एक पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

पछिल्लो समय थपिएका संक्रमितहरूमा सर्लाही धानकौल नगरपालिकाका एक ४५ वर्षिय पुरुष, धनुषा जनकपुर नगरपालिका र मिथिला नगरपालिका निवासी ४० वर्षिय पुरुष र २० वर्षिया युवती रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी अन्य संक्रमितमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र वलवा नगरपालिकाका १६ वर्षिय युवक र ३५ वर्षका एक पुरुष रहेका छन्।संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

Related Articles

Back to top button
Close