समाचार

फेरी थपिए २४ संक्रमित , संक्रमितको संख्या २४३ पुग्यो

बुधबार काठमान्डौ ,नेपालमा फेरी २४ कोरोना संक्रमित थपिएका छन ।यो संगै नेपालमा कोरोना संक्रमितको हुनेको संख्या २४३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार रुपन्देहीका २२ देखि ४१ वर्षका ९ जना पुरुषा र ४ देखि २८ वर्षका तीन जना महिला, कपिलवस्तुका २२ देखि ४२ वर्षका ८ जना पुरुष, पर्साका ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी एक मिहलामा संक्रमण देखिएको हो।

यसका साथै नवलपरासीका ३६ वर्षीय एक जना पुरुषमा पनि कोरोना देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। मन्त्रालयले दिएको जानकारी अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। आजै दिउँसो बाँके र कपिलवस्तुमा दुईजना संक्रमित भेटिएका थिए। हालसम्म ३५ जना संक्रमित भने निको भएर घर फर्किसकेका छन्।

Related Articles

Back to top button
Close