समाचार

लकडाउनमा चोरबाटोबाट सीमा कटाउने दुई पक्राउ, ५ हजारसम्म लिने गरेको खुलासा

३१ वैशाख । खुल्ला सीमाको फाइदा उठाउदै चोरबाटो प्रयोग गरेर भारतीय नागरिकलाई नेपालबाट भारततर्फ पठाउने २ जनालाई सुरक्षाकर्मीले पक्राउ गरेर मुद्धा चलाएको छ ।

उनीहरुले लकडाउनको कारण भारत र्फकिन नपाएका भारतीय नागरिकलाई एक जना बराबर भारतीय रुपैया एक हजार लिने र भारत तर्फ पठाइदिने गरेको खुलेको छ ।उनीहरुले मंगलबार राति ४ जना भारतीयहरुलाई चोरबाटो हुदै भारत पठाउन लाग्दा विराटनगर १८ स्थित भेडियारीबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरु ढुवानी सम्बन्धी काम गर्दै आएका विराटनगर ६ का अख्तर आलम र मुबारक हुसैन रहेका छन् ।स्थानीयहरुका अनुसार दुवै देशमा लकडाउन भए पछि अलपत्र परेका मानिसहरुलाई रातको समयमा दलालहरुले ५ हजार रुपैयाँ सम्म लिएर सीमा कटाउने गरेको पाइएको छ ।भारत जानलागेका भारतको राजस्थानस्थित नागौर जिल्लाका सुरेश चौहान , लड्डुराम, गिरीधारीलाल र सामकण रामलाई भारत पठाउन लाग्दा स्थानीयहरुको सहयोगमा सुरक्षाकर्मीले दुईजनालाई नियन्त्रणमा लिएको थियो ।

उनीहरु भेडियारीस्थित रेलवे लिकको छेउबाट उखुबारी हुँदै इस्लामपुरको बाटोबाट भारत प्रवेश गराउन लाग्दा पक्राउ परेका हुन ।उनीहरुलाई ईलाका प्रहरी कार्यालय रानीमा राखेर अभद्र मुद्धा चलाइएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close