समाचार

नारायणी अस्पतालबाटै भागे दुईजना कोरोना संक्रमित

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित व्यक्ति भागेका छन्।वीरगन्ज महानगरपालिका श्रोतका अनुसार दुई जना युवकहरू अस्पतालबाट भागेको छन्।

उनीहरूको अहिले खोजीकार्य भइरहेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले घटनाबारे बुझ्ने काम भइरहेको बताए।वीरगन्जको नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमित उपचाररत छन्।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनावश्यक हिँड्डुल नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। बुधबार सूचना जारी गर्दै प्रशासनले कोरोना भाइरसको महामारीबाट बच्न अनावश्यक हिँड्डुल नगर्न आग्रह गरेको हो।

‘हाल कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएकोले जोखिमको सम्भावना उच्च रहेको हुँदा आवश्यकीय कार्यवाहेक हिँड्डुल नगर्न पुनः अनुरोध गरिन्छ,’ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।

यस्तै यसअघि जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका सम्पूर्ण सवारी पास (इ-पास, साधारण पास) जेठ १ गतेदेखि लागु हुनेगरी रद्द गरिएको छ। सुर्खेतबाट अन्य जिल्ला जाने पासलगायत कुनै पनि पास वैशाख ३१ गतेदेखि जारी नगरिने पनि प्रशासनले जनाएको छ।

Related Articles

Back to top button
Close