समाचार

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा थप एक जनामा देखियो कोरोना, संक्रमित संख्या २१८ पुग्यो

बुधबार थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ।धुलिखेल अस्पतालमा गरिएको परीक्षणअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो दिएको जानकारीअनुसार अब कोरोना संक्रमितको संख्या दुई सय १८ पुगेको छ।नयाँ थपिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए।

कतार एयरवेजले संसारभरका अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई निशु:ल्क टिकट दिने भएको छ। कतारले १ लाख त्यस्ता स्वास्थ्य पेशाकर्मीलाई टिटेक दिने घोषणा गरेको हो।कोरोना महामारी रोकथाम तथा उपचारमा नायकीय भुमिका निभाएकोमा सम्मान स्वरुप निशु:ल्क टिकेट दिने कतार एरवेजले घोषणा गरेको छ।

महामारी सुरु भएपछि सयबढी चार्टर उडानबाट लाखौं परदेशीलाई स्वदेश पुर्‍याउने काम गरेको एयरवेजले जानकारी दिएको छ।यस्तो निशु:ल्क टिकेट पाउनका लागि त्यस्ता स्वास्थ्यकर्मीले १२ मे देखि १८ मेसम्म रजिष्टर गर्नुपर्ने छ।qatarairways.com/ThankYouHeroes यो लिंकमा गएर उनीहरुले दर्ता गर्नुपर्ने छ। यसमा दर्ता गर्ने पहिलो १ लाखले निशुल्क टिकेट पाउनेछन्।

Related Articles

Back to top button
Close