समाचार

भक्तपुरको दुवाकोट र शंखधर चोक आसपासका क्षेत्र सिल

भक्तपुरमा संक्रमण भेटिएका दुवाकोट र शंखधर चोकआसपासका क्षेत्र प्रहरीले सिल गरेको छ । मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र शंखधर चोकनजिकै बस्ने एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले सो क्षेत्रलाई सिल गरेको हो ।भक्तपुरमा कार्यरत ती नर्स सुनसरीबाट आएर साथीको कोठामा आएर बसेकी थिइन् ।

साथी पनि भक्तपुरकै स्वास्थ्य संस्थामा कार्यरत नर्स हुन् । साथीको कोठामा बसेकै बेलामा उनमा संक्रमण पुष्टि भएको हो ।उनी भक्तपुरकै आरोग्य अस्पतालमा काम गर्ने बुझिएको छ।

हाल मध्यपुर थिमि नगरपालिका -९ स्थित साथीको कोठामा बस्ने उनी सुनसरीको रामधुनी नपा झुम्काकी स्थायी बासिन्दा हुन्। उनी झुम्काबाट दुई दिनअघि मात्रै भक्तपुर पुगेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। प्रजिअ पाण्डेका अनुसार महिला आफैँ टेकु अस्पताल पुगेकी थिइन्। त्यहाँ नै उनको पीसीआर परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएको हो।

Related Articles

Back to top button
Close