समाचार

आज एकैदिन २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

सोमबार काठमान्डौ । कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ। यीसँगै आज (सोमबार) एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. डा समिरकुमार अधिकारीले बताएका छन्।

मन्त्रालयका अनुसार यी सबैकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा परीक्षण गरिएकाे हाे। सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभुमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुष, रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी संस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुष र बर्दियाको राजापुर ५ का ११ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको हो। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए। आज सोमबार नै बिहान १० र दिउसो १ जना संक्रमित थपिएका थिए। सोमबार एकैदिन २४ जना संक्रमित थपिएका हुन्।

Related Articles

Back to top button
Close