समाचार

हास्य कलाकार सुवास कार्की ‘वेलासे’ले जिते कोरोनालाई

काठमाण्डौ। चर्चित हास्य टेलिसिरियलका हास्य कलाकार सुवास कार्की ‘वेलासे’ कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । बेलायतमा विश्व महामारी कोरोनाबाट सङ्क्रमण भएपछि उपचार गराइरहेका सुवास कार्कीले आफू कोरोना सङ्क्रमित भएपछि आफन्त तथा शुभेच्छुकहरूले देखाउनु भएको सदाशयताप्रति धन्यवाद पनी दिएका छन् ।

भद्रगोल टेलिसिरियल निर्माणताका निर्माता समेत रहेका कार्की स–परिवारसहित लन्डन बस्दै आएका थिए ।हाल लन्डनस्थित निवासमै रहेका उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

कोरोना सङ्क्रमणपछिका दिन आफ्ना लागि असाध्यै कठिन रहेको बताउँदै उनले यस विपत्बाट सुरक्षित हुन लागेको भन्दै आफूलाई माया गर्ने सम्पूर्ण दर्शक एवं शुभेच्छुकहरूलाई धन्यवाद दिएका छन् । २ वर्षअघिदेखि बेलायतमा बस्दै आएका उनी सेक्युरिटी सम्बन्धी काम गर्ने संस्थामा कार्यरत थिए । हाल कार्की पत्नी, एक छोरा र एक छोरीसँगै बेलायतमा छन् ।

Related Articles

Back to top button
Close