समाचार

आइतबार बिहान ९ बजेबाट २ दिनसम्म काठमाडौंका यी स्थानमा विद्युत बन्द

२८ बैशाख । सडक विस्तारको कामले गर्दा काठमाडौंका केही स्थानमा दुई दिनसम्म बत्ती (बिजुली) अवरोध हुने भएको छ ।

नेपाल विद्युत प्रधिकरण कुलेश्वर शाखाका अनुसार चक्रपथ सडक विस्तारका कारण काठमाडौंका केही ठाउँमा आज र भोलि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म बिजुली नआउने भएको छ । तर साँझ ६ बेजेपछि बिहान ९ बजेसम्म भने विद्युत आएर पुन: बन्द गरिने प्रधिकरणले जनाएको छ ।

सडक विस्तार अन्तर्गत कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तार गर्ने क्रममा आइतबार र सोमबार विद्युुत काट्नु पर्ने स्थिति सृजना भएको हो । यो सडक खण्ड बिस्तारको क्रममा स्युचाटार–स्वयम्भू फिडरबाट वितरित लाइन काटिनेछ ।

सडकसँगै विजुलीको तार पनि छुटाएर पुन: मर्मत गर्नुपर्ने कारणले दुई दिन समय लाग्ने प्रधिकरण कार्यालय कुलेश्वरले जनाएको छ ।यस क्रममा बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलकत्रा कारखाना, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायतका ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको हो । प्राधिकरणले तोकिएको काम सकिएलगत्तै विद्युत् सेवा फेरि उपलब्ध हुनेछ ।

Related Articles

Back to top button
Close