खेलकुद

कोरोनाकै बीच फुटबल लिग संचानल गरे

विश्वका महान् जादुगर रोय लुडविग हर्नको शुक्रबार कोरोना भाइरसका कारण अमेरिकाको लस भेगासमा निधन भएको छ । ७५ वर्षीय हर्नले आफ्ना साथी सिगफ्राइड वासवाचरसँग मिलेर जादु देखाउने गरेका थिए । उनीहरुको समूह ‘सिगफ्राइड एन्ड हर्न’ जंगली जनावरलाई बेपत्ता(गायव) पार्नसक्ने कलाका कारण चर्चित थियो ।

गत अप्रिलमा हर्नमा कोरोना देखिएको थियो र उनी अस्पतालमा भर्ना भएका थिए । ‘विश्वले एक महान् जादुगर र मैले असल साथी गुमाएको छु , सिगफ्राइड फिसवाचरले विज्ञप्ति निकाल्दै भनेका छन् ।१९४४ मा जर्मनीमा हर्नको जन्म भएको थियो । क्रुज सपमा काम गर्दै गर्दा उनले सिगफ्राइडलाई भेटे । यसपछि नै उनीहरुको ५० वर्ष लामो जादुगरी सहकार्य सुरु भयो ।

लस भेगासमा यी जादुगरहरु जंगली जनावरसँगको सहयात्रामा जादु गरेर चर्चामा आएका थिए । उनीहरुले बाघ, सेतो सिंह, चितुवा र हात्तीसम्मलाई गायब गरेर आफ्नो कला देखाएका थिए ।

हर्नको सबैभन्दा यादगार प्रस्तुति ३ अक्टुबर २००३ मा थियो । जब एउटा सेतो बाघले उनलाई मञ्चबाटै घिसारेर लगेको थियो । त्यसयता, मान्टेकोर नामको यस बाघलाई उनले आफ्नो ‘जीवनदाता’ भने । अनि, घटनाको ५ वर्षपछि सिगफ्राइड र रोयले लास भेगासमा सेक्रेट गार्डेन एन्ड डल्फिन ह्याबिटेट नामक आश्रयस्थल खोले, जहाँ उनीहरुले आफ्नो टिमका सेतो बाघ र अन्य जंगली जनावरलाई राखेका थिए ।‘अफ्ठ्यारा कुरालाई चुनौती दिनु नै रोयको जीवन थियो । उनी आफ्नो कला र जनावर संरक्षणमा देखाएको प्रतिवद्धताका कारण विश्व प्रसिद्ध भए,’ सिगफ्राइडले विज्ञप्तिमा भनेका छन् ।

Related Articles

Back to top button
Close