समाचार

मजदुरलाई अन्जु पन्तले खुवाइन् खाना

करिव डेढ महिना लामो लकडाउनको कारण धेरैलाई समस्या परिरहेको छ । अझ दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुलाई हातमुख जोड्न गाह्रो परिरहेको अवस्था छ ।

यस्तो समय धेरै संघ संस्था तथा व्यक्तिहरुले विभिन्न स्थानमा खाना खुवाइरहेका छन् । केही कलाकारहरु पनि यस कार्यमा जुटिरहेका छन् ।गायिका अन्जु पन्तले पनि काठमाडौँ उपत्यकाभित्र बौद्ध, जोरपाटी, बीर अस्पताल, नख्खु दोबाटो, फर्सीडोल ललितपुर लगायतका विभिन्न १२ स्थानमा विहिवार र शुक्रबार खाना वितरण गरेकी छिन् ।

‘अन्जु पन्त फाउण्डेसन’को तर्फबाट उनले खाना वितरण गरेकी हुन् ।यो कठिन परिस्थितीमा सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको अन्जु बताउँछिन् ।अन्जुले भनिन्, ‘लकडाउनको बेलामा घरबाट बाहिर ननिस्की बस्नु पर्ने हो । तर, बिभिन्न ठाउँमा मानिसहरु भोक भोकै हुनुहुन्छ भन्ने खबर सुनेपछि आफू चुप लागेर बस्न सकिन । त्यसैले आफैँ खाना बोकेर बाहिर निस्किए ।’

न्जुको हातबाट खाना खान पाउँदा मजदुरहरु पनि खुसी देखिन्थे ।

Related Articles

Back to top button
Close