समाचार

थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय २ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या १ सय २ पुगेको बताएको छ ।नेपालग‍न्जको प्रयोगशाालमा परीक्षण गर्दा थप १ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनी १६ वर्षीय पुरुष रहेको मन्त्रालयले जानकारी दिएको हो ।

शुक्रबार मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटा अनुसार कोसी अञ्चल अस्पतालमा उपचाररत ८ जना निको भएर घर फर्किएका छन् ।

पाली सेनाका लेफ्टिनेन्ट कर्णेल सवार कारको ठ’क्करबाट मोटरसाइकल चालकको मृ’त्यु भएको छ । शुक्रबार बिहान ७ः२५ बजे रविभवनमा भएको दु’र्घटनामा मोरङका २३ वर्षीय युवकको मृ’त्यु भएको हो ।कलङ्कीबाट कालीमाटीतर्फ आइरहेको नेपाली सेनाका ले’फ्टिनेन्ट कर्नेल शेखर जबरा सवार बा २१ च ४३४७ नम्बरको कारमा बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठो’क्किन पुग्दा दु’र्घटना भएको प्रहरीले जनाएको छ । दु’र्घटनामा परी मोरङ बेलबारीका २३ वर्षीय टीकाराज गेलालको मृ’त्यु भएको छ ।

कालीमाटीबाट ती’ब्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले स’न्तुलन गु’माउँदा विपरीत लेनमा गई कारसँग ठो’क्किन पुगेको प्रहरीको भनाइ छ । ती प्रहरीले भने, ‘मोटरसाइकलको गति अ’त्यन्तै ती’ब्र रहेको देखिन्छ । रविभवनमा गल्लीबाट एउटा मोटरसाइकल नि’स्किएपछि त्यो मोटरसाइकललाई छ’लेर अगाडि बढ्दा करिब एकसय मिटर माथि पुगेर लेन क्रस गरी कलंकीतर्फबाट आएको कारलाई ठ’क्कर दिएको देखिन्छ । घा’इते मोटरसाइकल चालकलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पताल पुर्याएपनि उनको उपचारको क्रममा मृ’त्यु भएको छ ।

टंकेश्वर बस्ने मोटरसाइकल चालकले कुखुराको मासु विक्री वितरणको काम गर्ने गरेको र कतै मासु पुर्याउन हिँडेको हुनसक्ने प्रहरीले जनाएको छ ।दु’र्घटनापछि सडकभर मासु छ’रिएको थियो । दु’र्घटना भएको कारको चालक स्युचाटार बस्ने कर्नेल शेखर जबरा प्रहरीको नियन्त्रणमा छन् ।घ’टनाबारे बाँकी अनुसन्धान हुँदैछ ।

Related Articles

Back to top button
Close