समाचार

प्रधानमन्त्री बन्न वामदेव गौतमले निकाले अर्काे नयाँ ‘आइडिया’ !

प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएर सांसद हुन नसकेपनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री बन्न अनेक आइडिया निकालिरहेका उपाध्यक्ष वामदेव गौतमले पुनः अर्काे जुक्ति निकालेका छन् ।

नेकपा सचिवालय बैठकमा बुधवार उपाध्यक्ष वामदेव गौतमले गुट नभएसम्म बलियो नभइँदो रहेछ भन्ने सन्देश मिलेको बताएका छन् ।नेकपामा गुट बनाउने र बलियो भएर प्रधानमन्त्री बन्न सकिने नेता गौतमको आइडिया थियो । उनले गुट भएपछि मात्रै नेता पनि बलियो हुँदा रहेछन् भनेर अभिव्यक्ति दिएका छन् ।

‘तपाईंहरु सबैको आ–आफ्नो गुट छ, बलियो हुनुहुन्छ,’ गौतमको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘म पनि अब एउटा छुट्टै गुट बनाउँछु ।’

बैठकमा गौतमले छुट्टाछुट्टै गुटबन्दी गरेर नेताहरूले ठीक नगरेको प्रतिक्रिया दिएका थिए । गौतम पछिल्लो समय नेकपा सचिवालयमा कहिले प्रधानमन्त्री केपी शर्मा ओली र कहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ गुटमा यता र उता गरिरहेका छन् ।

गत शनिवारको सचिवालय बैठकपछि ओली गुटमा मिसिएका गौतमले बिहीवार आफूलाई तटस्थ नेताका रुपमा व्याख्या गरेका थिए ।

Related Articles

Back to top button
Close