समाचार

सुखद खबर – आफै कमजोर हुनसक्छ कोरोना भाइरस, छिट्टै हराउनसक्छ

कोरोनाभाइरसबाट पीडित विश्वका लागि एक आशाको किरण भाइरस आफैले लिएर आएको छ ।अमेरिकाको एरिजोनामा वैज्ञानिकले कोरोनाको सार्स–कोभ–२ भाइरसमा एउटा यस्तो अनौठो म्युटेशन (बदलाव) र जेनेटिक प्याट्रन पत्ता लगाएका छन्, १७ वर्ष पहिलो सार्स भाइरसको संक्रमणको समयमा यस्तै म्युटेशन देखा परेको थियो ।

यो परिवर्तन भाइरस प्रोटिनको ठूलो हिस्सा अर्थात् यसको जेनेटिक मेटरियल आफै गायब हुनु हो ।वैज्ञानिक यसकारण उत्साहित छन् किनकी यस्तो परिवर्तन देखिएका ५ महिनाभित्रै सार्सको संक्रमण सकिएको थियो । त्यसैले कोरोनाको यो संकेत उसको कमजोरीको कारण बन्नसक्ने भन्दै वैज्ञानिकहरु उत्साहितछन् ।

के हो म्युटेशन ?
कुनै स्थान वा वातावरण वा अन्य कारणले कुनै भाइरसको जेनेटिक संरचनामा हुने परिवर्तनलाई म्युटेशन भनिन्छ ।अनुसन्धानका दौरान शोधकर्ताहरुले गणितिय नेटवर्क एल्गोरिदमको सहयोगबाट भाइरसको संरचनाको अध्ययन गर्छन् ।

काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्चका विशेषज्ञ डाक्टर सीएच मोहन रावका अनुसार भारतमा कोरोना भाइरस सिंगल म्युटेशनमा छ ।यसको अर्थ यो चाडैं समाप्त हुने संभावना छ । तर, यदी भाइरसले बारम्बार रुप बदल्यो भने खतरा अझै बढ्नेछ र भ्याक्सिन बनाउन पनि चुनौती हुनेछ ।

सात प्वाइन्टमा बुझ्नुस् यो अध्ययन

१ नयाँ म्युटेशन राम्रो छ
भाइरसको केही म्युटेशन मानिसका लागि घातक हुन्छ भने केही फाइदाजनक हुन्छ । एरिजोना स्टेट विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार अहिले जुन म्युटेशन देखिएको छ छ, यो खासमा मानव समुदायको हितका लागि एक अद्वितीय परिवर्तन हो ।२ जेनेटिक लेटर्सको गणित
शोधकर्ताहरुले नाकको स्वाबको ३ सय ८२ नमूनामा पाइएको भाइरसको जिनोमलाई जीन सिक्वेन्सिङ गरे । मानिसको जस्तै भाइरसको जेनेटिक मेटेरियल सुक्ष्मतम केमिकल युनिट्ससँग मिलेर बनेको हुन्छ, जसलाई लेटर्स भनिन्छ ।

३ भाइरसमा ३० हजार आरएनए लेटर्स
सहज रुपमा बुझ्नुपर्दा हामी मानिसको मुख्य जेनेटिक मेटेरियल हाम्रो डिएनए हुन्छ र शरीरमा झन्डै ३ अर्ब डिएनए लेटर्स हुन्छ । त्यस्तै, कोरोना भाइरसको जेनेटिक मेटेरियल आरएनए प्रोटिन हुन्छ र एक भाइरसमा झन्डै ३० हजार आरएनए लेटर्स हुन्छ ।

४ तीन सय ८२ नमुनामा एक अनौठो
एरिजोना स्टेट विश्वविद्यालयका वैज्ञानिकले तीन सय ८२ नमुनाको अध्ययन गर्दै गर्दा एक भाइरस स्याम्पलमा ८१ लेटर्स गायब रहेको भेटियो । यस सोधका प्रमुख डाक्टर इफ्रेम लिमका अनुसार १७ साल पहिले २००४ मा सार्स भाइरसको संक्रमणका दौरान यस्तै भेटिएको थियो । त्यतिबेला पनि जब भाइरस कमजोर भएको थियो, तब उसको प्रोटिन संरचनाको ठूलो हिस्सा गायब हुन थालेको थियो ।

५ भ्याक्सिनका लागि कमजोर भाइरस राम्रो
शोधकर्ता डाक्टर लिमका अनुसार कोराना भाइरसको यो कमजोर रुप यसकारण राम्रो छ किनकी यसबाट समयसँगै भाइरसको क्षमता कम हुने थाहा हुन्छ । कमजोर भाइरस भ्याक्सिन बनाउने दिशामा निकै उपयोगी साबित हुनसक्छ । अहिले अक्सफोर्डमा जसरी कोरोनाको भ्याक्सिन बनाइदैंछ, त्यहाँ चिम्पान्जीको कमजोर भाइरसको प्रयोग भइरहेको छ ।

६ सार्स जस्तै कोरोना
सार्स भाइरसको संक्रमणका दौरान १७ वर्ष पहिले फेब्रुअरी २००३ देखि जुलाई २००३ को सयम यसको भाइरसाम यस्तै म्युटेशन देखिएको थियो । यस दौरान यो महामारी एशियामा अचाक फैलियो र फेरि पाँच महिनामा कमजोर भयो । यसपछि संक्रमण बिस्तारै कम हुँदै गयो र म्युटेशनका कारण भाइरस कमजोर भएको मानियो । कोभीड–१९ को मामिलामा पनि यो आशा यो पहिलो किरणका रुपमा देखिएको छ किनकी यो भाइरस पनि सार्सको भाइरसँग निकै मिल्दोजुल्दो छ र त्यसैले यसको नाम सार्स–कोभ– २ दिइएको छ ।

७ राम्रो संकेत
भाइरसको कमजोरीबाट यो संझन सकिन्छ कि यो एक इम्युन प्रोटिन हो जसको अर्थ यसले बिरामीको एन्टी भाइरल रेस्पोन्ससँग लड्छ । अब सार्स– कोभ–२ को एक नमूनामा यस्तो देखिनुको अर्थ यो भाइरस कम संक्रामक र कमजोर हुनसक्छ ।

रातोपाटीबाट

Related Articles

Back to top button
Close