समाचार

२५६४ औं बुद्ध जयन्तीका लागि सिंगारियो मायादेबी मन्दिर

कपिलवस्तु– कोरोना भाइरसका कारण यस वर्षको २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित गरिए पनि बिहीबार बैशाख २५ गते मनाइने बुद्ध जयन्तीका लागि मायादेवी मन्दिर सिंगारिएको छ । मन्दिरको गजुर र चारैतिर रंगरोगन गरेर चिटिक्क पारिएको छ ।त्यसैगरि मन्दिरको चारै कुनामा नेपालको झण्डा राखिएको छ ।

मायादेबी मन्दिरमा सिमित ब्यक्तिहरुको सहभागितामा पूजापठा र २५ सय ६४ वटा दीप प्रज्वल गनिरे लुम्बिनी विकास कोषका सचिव ज्ञानीन राईले बताए ।मायदेबी मन्दिरमा कोषका सदस्य, भिक्षुहरुको सीमित टोलीले प्रार्थना र २५६४ वटा दीप प्रज्जवलन गर्ने कार्यक्रम छ ।

कोषले विहार, मोनाष्ट्री र गुम्बाका १०र१५ जना भिक्षु भिक्षुणी, लामागुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा पूजाआजा गरिने सचिव राईले बताए ।सरकारले कोरोना भाइरस रोकथामका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरी पूजा र प्रार्थना गरिने कार्यक्रम रहेको रहेको विकास कोषले जनाएको छ । यस्तै कपिलवस्तुको तिलौराकोट र निग्रोधराम, नवलपरासीको रामग्राममा समेत सीमित ब्यक्तिहरुको सहभागीतामा दीप प्रज्ज्वलन गरिने कार्यक्रम रहेको कोषका सदस्य राजेश ज्ञवालीले बताए ।

Related Articles

Back to top button
Close