समाचार

बालुवाटारमा प्रधानमन्त्री ओलीको आक्रोश : मलाई एक्लाउन खोज्ने ?

प्रधानमन्त्री निवास बालुवाटारमा जब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भयो लगत्तै सचिवालय सदस्य माधव कुमार नेपालले विधिसम्मत रुपमा पार्टी सञ्चालन गरिनुपर्ने माग गरे ।

माधव नेपालको सो मागमा अधिकांश सचिवालय सदस्यले समर्थन जनाए । सो क्रममा उनीहरुले प्रधानमन्त्रीले मनपरी रुपमा पार्टी सञ्चालन गर्न खोजेको भन्दै आपत्ति मात्रै जनाएनन् स्थायी समिति बैठकमा पार्टीको विधि र पद्धतिबारे छलफल भएर निर्णय गरिने बताए । त्यही क्रममा प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले आफूलाई एक्लो पारेको भन्दै आफूविरुद्ध षड्यन्त्र भएको महसुश गरेपछि एकाएक बैठकको माहोल बिग्रिएको थियो ।

ओलीविरुद्ध माधव नेपालसहितका नेताहरु आक्रामक रुपमा प्रस्तुत भएपछि प्रधानमन्त्री ओलीले पार्टी विधि र प्रक्रियाअनुरुप चलेको भन्दै पूर्वाग्ररी नबन्न चेतावनी दिएका थिए ।सरुमै आलोचित भएपछि आक्रोशित भएका ओलीले आफूले अध्यादेश फिर्ता गरिसकेको भन्दै अब स्थायी समिति बैठकको आवश्यकता नै नरहेको बताए ।

Related Articles

Back to top button
Close