समाचार

थपिएका १७ संक्रमित एकै परिवारका

वीरगञ्जमा बुधबार थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ ।वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको थियो । त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोगेटिभ आएको छ । संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ८६ वर्षका बृद्ध समेत छन् ।उनीहरुलाई नारायणी अस्पताल ल्याइने अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए ।

रुसमा लगातार चौथो दिन १० हजारभन्दा धेरै नयाँ काेराेना भाइरसका संक्रमित फेला परेका छन् ।रुसले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार, पछिल्लो २४ घण्टामा रुसमा १० हजार पाँच सय ५९ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै समग्र संक्रमितको संख्या एक लाख ६५ हजार ९ सय २९ पुगेको छ ।

रुसमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८६ जनाको मृत्यु भएको छ । यससँगै रुसमा कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु हुने मानिसको संख्या एक हजार पाँच सय ३७ पुगेको छ । अहिलेसम्म रुपमा २१ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

सुरुमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिएको दाबी गरेका थिए । तर, पछिल्लो समय एकाएक रुसमा कोरोना भाइरसको संक्रमणमा वृद्धि भएको हो ।

Related Articles

Back to top button
Close