समाचार

बेलायती प्रधानमन्त्रीकाे पदमै रहँदा स’म्बन्धबिच्छेद, नयाँ प्रेमिकासँग ‘लकडाउन’ खुलेपछि विवाह गर्ने

बेलायती प्रधानमन्त्री बोरिस जोहन्सनको पूर्वश्रीमती मारिना विलरसँग वै’धानिक रूपमा पार’पाचुके भएको छ। बेलायतको अदालतले ५५ वर्पीय विलरले बेलायती प्रधानमन्त्रीसँग स’म्बन्धबिच्छेदका लागि गत मार्चमा अदालतमा दिएको निवेदन मंगलबार स्विकृत गरेकाे हाे। बेलायतमा सत्तासिन हुँदाहुँदै पा’रपाचुके भएको यो दोस्रो घ’टना हो। २ सय ५१ वर्षअघि सन् १७६९ मा ‘‘ड्यु’क अफ ग्रा’फ्टोन’ अ’गस्टुस फिट्रोयको पनि पा’रपाचुके भएको थियो। बोजो बेलायतका ७७ औं प्रधानमन्त्री हुन् ।अब बोरिसलाई आफ्नो प्रेमिका केरी सिमोण्ड्ससँग विवाह गर्ने बाटो खुलेको छ।

विवाह नगरेकै अवस्थामा सि’मोण्ड्सले गत साता बोरिसको छोरा अ’ल्फ्रेडलाई जन्म दिएकी थिइन। पूर्वश्रीमतीसँग २७ वर्ष लामो वैवाहिक जीवन प’रित्याग गर्न ‘बोजो’ उपनामले चर्चित बेलायती प्रधानमन्त्रीले ४० लाख पाउण्ड खर्चिनु पर्नेछ। अदालतले सम्बन्ध वि’च्छेदबापत ४० लाख पाउण्ड दिन नि’र्देशन दिएको हो। बोजोले अक्सफोर्ड विश्वविधालयमा अध्ययनरत रहँदै गर्दा सन् १९८७ मा अ’लेग्रा मो’स्टियन ओ’वेनसँग विवाह गरेका थिए। ओ’वेनसँग उनको पा’रपाचुके १९९३ मा भएको थियो। यसै वर्ष उनले विलरसँग बिहे गरेका थिए।

उनीबाट ४ सन्तान छन्। सबैभन्दा जेठाे सन्तानको उमेर नै २६ वर्ष पुगिसकेको छ। बोजोको बेलायतमा जग्गाको का’रोबार गर्ने हेलिना ’मेकेन्टायरबाट सन् २००९ मा स्टे’फानी नाम गरेकी छोरी पनि जन्मिएको दा’वी पत्रपत्रिकाले गरेका थिए। यस विषयमा उनले कुनै प्रतिक्रिया जनाएका छैनन्। नयाँ प्रेमिकासँग उनले ‘लकडाउन’ खुलेपछि विवाह गर्ने बेलायती समाचार एजेन्सीले जनाएका छन्।

Related Articles

Back to top button
Close