समाचार

वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारको आह्वान

सरकारले वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ ।मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।२५ गते वुद्धजयन्ती पनि परेको छ । त्यस दिन लुम्बिनीमा नेपालले अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन पनि आयोजना गरेको थियो ।

तर कोरोना भाइरसको महामारीका कारण स्थगित भएको छ ।वुद्ध जयन्तीको दिन परेकाले वुद्ध जयन्ती मनाउन र कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलनको आह्वान गरेको एक मन्त्रीले जानकारी दिए ।

कोरोना भाइरसका कारण सीमा नाका बन्द गरिएको बेला जिल्लाका बिभिन्न नाकाबाट नेपाल प्रबेश गर्न खोज्ने १ सय ५५ जनालाई नियन्त्रणमा लिइएको छ ।सोमबार रातिदेखि मंगलबार साँझसम्म चोर नाका हुदै नेपाल छिरिरहेका बेला उनीहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।अहिले उनीहरु दशगजा क्षेत्रमा अलपत्र अवस्थामा छन । भारतले सोमबारदेखि लकडाउन दुई साता बढाएपछि नेपाल प्रवेश गर्नेको ओइरो नै लागेको हो ।नियन्त्रणमा लिइएकाहरु कपिलवस्तु र छिमेकी जिल्लाका हुन् ।

Related Articles

Back to top button
Close