समाचार

सामाजिक दूरी कायम गर्ने शर्तसहित लकडाउन खुकुलो पार्नुपर्ने गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले प्राणघातक कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण अर्थतन्त्रमा नकारात्मक असर पर्न थालेकाले खुकुलो पार्नुपर्ने बताउनुभएको छ ।

मंगलबार कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री थापाले रोजगारी गुमेको र अन्य क्षेत्रमा पनि नकारात्मक प्रभाव पर्न थालेको बताउँदै शर्तसहित क्रमशः लकडाउन खोल्नुपर्ने बताउनुभएको हो ।

गृहमन्त्री थापाले सामाजिक दूरी कायम गर्ने शर्तसहित क्रमशः उद्योग र सेवा क्षेत्रहरु खेल्नुपर्ने बताउनुभयो ।सामाजिक दूरी कायम नगरिएको अवस्थामा आर्थिक संकटले मात्रै नभई कोरोनालेसमेत सिध्याउने गृहमन्त्री थापाको भनाइ छ ।उहाँले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

Related Articles

Back to top button
Close