मनोरंजन

दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष १० मा

नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष १० मा पुग्न सफल भएका छन् ।आइतबार रातीको कार्यक्रममा आइडलले शीर्ष २० बाट शीर्ष ११ प्रतिस्पर्धी छनोट गरेको हो । शीर्ष १० प्रतियोगी अडियन्सको भोटमार्फत् छनोट गरिएको हो भने अर्का एक प्रतियोगीलाई निर्णायक मण्डलले छानेका हुन् ।

कोरोनाभाइरसको महामारीका कारण प्रत्येक प्रतियोगीले आफ्नै घरबाट प्रस्तुती दिँदै आएका छन् । शीर्ष १० का लागि छनोट भएपछि दिवेशले जोन डेनभरको गीत ‘कन्ट्री रोड’ गाएका थिए । यसमा उनले ‘रेगे ट्वीस्ट’ थपेका छन् ।

ललितपुर उद्योग वाणिज्य संघले निजी क्षेत्रसँग सरसल्लाह बिनानै राज्यले ल्याएको राहत कार्यक्रमहरुबाट उद्योग व्यवसाय क्षेत्रको पुनःउत्थानमा कुनै ठोस सहयोग नगर्ने स्पष्ट पारेको छ ।

महिनौ सम्मको लकडाउनका कारण पुंजीको तरलतामा गम्भीर असर परेको बताउँदै यस्तो अवस्थामा लकडाउन खुल्ला गरे पश्चात निजी क्षेत्रले आफ्ना कर्मचारी तथा मजदुरको पारिश्रमिक, बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज र किस्ता, घर तथा गोदामको भाडा, कर राजश्वको भुक्तानी गर्न सक्ने अवस्था नरहने बताएको हो ।

राज्यले ठुला ठुला राहतका कार्यक्रम ल्याएर निजी क्षेत्रलाई बचाउनु पर्ने संघले माग गरेको छ । यसका लागि संघले अल्पकालिन र दीर्घकालिन सुझावहरु समेत दिएको छ ।

Related Articles

Back to top button
Close