समाचार

अन्ततः प्रचण्डलाई केपी ओली गरे ठूलो अफर,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले प्रधानमन्त्रीबाट हटाउने अन्तिम तयारी गरिरहेका बेला केपी शर्मा ओलीले प्रचण्डलाई ठूलो अफर गरेका छन् ।

ओलीले प्रचण्डलाई एकलौटी कार्यकारी अध्यक्ष बनाउने गरी प्रस्ताव गरेको स्रोतले जनाएको छ । ओलीको नयाँ प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री बामदेव गौतमलाई कुनै स्थान छैन ।

यसअघि बुधबारको सचिवालय बैठकमा ओलीले नेता नेपाललाई तेस्रो अध्यक्ष र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए । तर त्यो प्रस्तावले आफू विरोधी मोर्चाबन्दी नभत्किने देखेपछि ओलीले प्रचण्डलाई एकल कार्यकारी अध्यक्षको अफर गरेका हुन् ।प्रचण्डले आफू एकल अध्यक्ष हुनुपर्ने माग राख्दै आएका छन् । प्रचण्डलाई पार्टीको एकल अध्यक्ष बनाएर आफू पाँच वर्ष नै प्रधानमन्त्री हुने ओलीको रणनीति रहेको स्रोतले जनाएको छ । ओलीको अफरलाई मान्ने कि नमान्नेबारे प्रचण्डले सोचेर जवाफ दिने स्रोतको दाबी छ ।

आज शनिबारका लागि बोलाइएको नेकपा सचिवालय बैठकको अघिल्लो दिन शुक्रवार प्रधानमन्त्री ओलीले प्रचण्डसँग अत्यन्तै नम्र भएर एकल अध्यक्ष हुन र आफूलाई प्रधानमन्त्री कायमै राख्न अफर गरेका हुन् । प्रधामन्त्री ओलीसँगको भेटघाटपछि प्रचण्डले वरिष्ठ नेता नेपाल समूहका स्थायी कमिटीका सदस्यसँगको सामूहिक छलफलमा ओलीको अफरबारे जानकारी गराएका छन् ।

‘तपाईले एकलौटी रुपमा कार्यकारी अध्यक्ष चलाउनुस्, मलाई पाँचै वर्ष कार्यकाल प्रधानमन्त्री चलाउन दिनुस्, अहिले राजीनामाको कुरा नगरौं, तपाईले भने अनुसारका मन्त्रीहरू पनि फेरबदल गरौं, नियुक्तिहरु पनि त्यसै अनुसार गर्न तयार छु भनेर प्रधानमन्त्रीले भनेका छन्,’ स्रोतका अनुसार नेपाल निवास कोटेश्वरको भएको सामूहिक छलफलमा प्रचण्डले भने, ‘मैले तपाईंले किन एकाएक बामदेव गौतमलाई प्रधानमन्त्री बनाऔं भन्नुभयो, कसरी सम्भव छ ? सबै कुरा स्थायी कमिटीमा लगौं, तपाईंको राजीनामा नै उत्तम विकल्प हो भन्ने अस्तिको भनाई दोहोर्‍याएँ ।’

शनिबार बस्ने सचिवालयबाट स्थायी कमिटी बैठकलाई नटार्न कोटेश्वर भेलाले प्रचण्ड र नेपलालाई सुझाव समेत दिएको छ । भेलामा उपस्थित स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री ओलीको राजीनामाको विकल्प नरहेकाले सचिवालयबाट स्थायी कमिटीको बैठक मिति तय गर्न दबाब दिएका छन् ।मिडिया डबली बाट

Related Articles

Back to top button
Close